राइजिङ पोखरालाई क्लब स्तरिय क्रिकेटको उपाधि
सुवास बने प्लेयर अफ दि सिरिज
पाेखरा | कात्तिक १२, २०८१
पोखरा: पोखरामा सम्पन्न कास्की जिल्ला क्लब स्तरीय एक दिवसिय क्रिकेटको उपाधि राइजिङ पोखरा क्रिकेट क्लबले चुमेको छ ।
फाइनल खेलमा राइजिङ पोखराले पोखरा क्रिकेट क्लबलाई ६ विकेटले हराउँदै च्याम्पियन बन्न सफल भएको हो ।
कास्की जिल्ला क्रिकेट संघको आयोजनामा अन्तर क्लब स्तरिय एक दिवसिय क्रिकेट च्याम्पियनसिपको फाइनलमा २२५ रनको लक्ष्य पाएको राइजिङले ४१.२ ओभरमा ४ विकेटको क्षतिमा २२७ रन बनाउँदै उपाधि चुमेको हो ।
राइजिङको जितमा ओपनर अनिल गुरुङ नायक बने । उनले १०१ रनको शतकिय पारी खेल्दै नटआउट रहे । ११९ बलमा ८ चौका र २ छक्का समेत प्रहार गरे । यस्तै कृष्ण पौडेल २७ रनमा नटआउट रहे । उनले १७ बलमा १ चौका र ३ छक्का प्रहार गरे । विमल विक्रम खत्रीले ६९ रनको योगदान दिदै आउट भए । उनले ६६ बलमा ६ चौका र ४ छक्का प्रहार गरे । नविन पोख्रेल ५, निर्मल क्षेत्री १६, अस्विन अधिकारी १ रनमा आउट भए ।
पोखराका लागि देव शाहले १० ओभरमा ४६ रन खर्चदै सर्वाधिक ३ विकेट लिए । अमन सुवेदीले १ विकेट लिए ।
त्यस अघि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस हारेर ब्याटिको निम्तो पाएको पोखरा क्रिकेटले ५० ओभरमा ८ विकेट गुमाउँदै २२४ रन बनायो । पोखराका लागि सुवाष भण्डारी ८८ रनमा नटआउट रहे । उनले १०५ बलमा ९ चौका र १ छक्का प्रहार गरे । ओपनर मुस्कान थापाले ३२ रन जोडे । उनले ३१ बलमा ६ चौका प्रहार गरे । अर्जुन बुढाथोकी ११, रोशन पौडेल १३, मनिस भण्डारी ४, अनिस खड्का २, इशान श्रेष्ठ १८, देव शाह १० र विजय राउत ६ रनमा आउट भए । अमन सुवेदी २ रनमा नटआउट रहे ।
राइजिङका लागि अन्जन केसीले १० ओभरमा २ मेडनसहित ३० रन खर्चेर २ विकेट लिए । समिर भुजेलले १० ओभरमा ४३ रन खर्चेर २ तथा कृष्ण पौडेल र सविन खत्रीले समान १÷१ विकेट लिए ।
पोखरा क्रिकेट क्लबका सुवाष भण्डारी प्लेयर अफ द सिरिज घोषित भए । उनले जारी प्रतियोगितामा कुल ९ अंक बटुल्दै सर्वोत्कृष्ट घोषित भएका हुन् । उनले कुल चार खेलमा ८ विकेट लिए भने १२० रन बनाए ।
यस्तै राइजिङका अनिल गुरुङ उत्कृष्ट ब्याट्सम्यान घोषित भए । उनले चार खेल खेल्दै कुल १९१ रन बनाए । उनी फाइनल खेलको म्यानअफ दि म्याच समेत घोषित भए । पोखराकै देव शाह उत्कृष्ट बलर घोषित भए । उनले कुल चार खेलमा १४ विकेट लिए । उनीहरुले ट्रफी हात पारे ।
कात्तिक १ गतेदेखी प्रतियोगिता सञ्चालन भएको थियो । प्रतियोगितामा कुल ९ टिमको सहभागिता रहेको थियो । पुरस्कार वितरण समारोहमा बोल्दै प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले पोखरामा अब राउन्डरोविन लिग खेलाउने प्रयास गर्ने बताए ।
जारी प्रतियोगितालाई हेर्दा समेत क्लबहरुले पहिलो खेल भन्दा त्यसपछिका खेलहरुमा राम्रो गरेका कारण क्रिकेटको विकासका लागि लिगको आवश्यकतालाई मध्येनजर गरेको सुनाए ।
गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको सहयोग रहेको प्रतियोगिताको पुरस्कार वितरण समारोहमा प्रदेश खेलकुद परिषदका वोर्ड सदस्य ऋषि गौतम, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण बानियाँ, सदस्य राजन वडगामी, गण्डकी अञ्चलका पूर्व कप्तान रविन्सन प्रजु, विग्नेश थापालगायतको सहभागिता रहेको थियो भने कार्यक्रम सञ्चालन सचिव विरेन्द्र पुनले गरेका थिए ।
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध कारोबार, सेवन र समाजमा अशान्ति फैलाउने गतिविधि नियन्त्रण गर्न १० घण्टा लामो विशेष ‘स्वीप अपरेसन’ चलाएको छ । उक्त अपरेसनबाट १० घण्...
पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई ४ महिना १५ दिन जेल सजाय हुने भएको छ । जिल्ला अदालतको आदेशलाई उच्च अदालत पोखराले सदर गरिदिएको हो । जातीय भेदभाव...
गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् । २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...

